एकै परिवारको ६ जनाको हत्या

नेपालभ्युज

संखुवासभा। संखुवासभामा एकै परिवारको ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मादी नगरपालिका-१, खोला गाउँका एकै घरका ६ जनाको गएराति हत्या भएको हो।

मृत्यु हुनेमा मादी-१ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका प्रहरीले जनाएको छ।

कार्कीको परिवारको धारिलो हतियारको प्रयोगमार्फत हत्या गरिएको प्रहरीले जनाएको छ। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी परिवारका ६ जनाकै हत्या गरेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा जानकारी पाएलगत्तै प्रहरी घटनास्थलतर्फ हिँडेको छ। घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ। सोमबार बिहानै परिवारका सबैलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सदरमुकामबाट प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved