विश्वकप छनोट

स्पेन, जर्मनी र पोल्याण्ड विजयी हुँदा गोलको वर्षा

स्पेन, जर्मनी र पोल्याण्डको खेलमा धेरै गोल भएका हुन्। यी तीनसँगै गएरातिको खेलमा बेल्जियमले पनि विजयी नतिजा निकालेको छ।

नेपालभ्युज

स्पेन, जर्मनी र पोल्याण्ड विजयी हुँदा गोलको वर्षा

एजेन्सी। विश्वकप छनोट अन्तर्गत गएराति भएका खेलमा गोलको वर्षा भएको छ। स्पेन, जर्मनी र पोल्याण्डको खेलमा धेरै गोल भएका हुन्। यी तीनसँगै गएरातिको खेलमा बेल्जियमले पनि विजयी नतिजा निकालेको छ।

विश्वकप छनोटमा पूर्वविजेता स्पेनले जर्जियामाथि शानदार जित निकालेको छ। गएरातिको खेलमा स्पेनले जर्जियालाई ४-० गोलअन्तरले पराजित गर्यो। स्पेनका लागि जोसे गाया, कार्लोस सोलेर, फेरान टोरेस र पाब्लो साराबियाले गोल गरे।

स्पेनसँगै गएरातिको खेलमा पोल्याण्डले सान मारियोलाई ५-१ गोलअन्तरले हराउँदा जर्मनीले अर्मानियालाई ५-० गाेलअन्तरले पराजित गर्यो। यस्तै, अर्को खेलमा बेल्जियमले चेक गणतन्त्रलाई ३-० गोलअन्तरले हरायो।

बेल्जियमको जितमा रोमेलु लुकाकु, इडेन हाजार्ड र एलेक्सिसले एक एक गोल गरे। खेलको आठौं मिनेटमा लुकाकु, ४१ औं मिनेटमा हाजार्ड र ६५ औं मिनटमा एलेक्सिसले गोल गरेका थिए।

यता सान मारियोविरुद्धको खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि पोल्याण्डले ६-१ गोलअन्तरको नतिजा निकाल्यो। पोल्याण्डका लागि स्विर्डेस्की, लिनीटे र बुक्साले बाँकी गोल गरेका थिए। सान मारियोका नानीले सान्त्वना गोल फर्काए।

जर्मनीले पनि अर्मानियाविरुद्ध ६ गोल नै गर्यो। उनले अर्मानियालाई ६-० गोलअन्तरले पन्छायो। जर्मनीका लागि सेर्गी जिनाब्रीले दुई गोल गरे भने मार्को रिउस, टिमो वेरनेर, होफ्मान, एडिइमीले एक एक गोल गरे।

यता, इटली र स्विट्जरल्याण्डले भने गोलरहित बराबरी खेले। ग्रिसले कोसोभोलाई १-० गोलअन्तरले हराउँदा रोमानियाले लिचेटेन्स्टाइनलाई २-० गोलअन्तरले पन्छायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved