थप एक हजार पाँच सय ३४ जनामा संक्रमण

नेपालभ्युज

थप एक हजार पाँच सय ३४ जनामा संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार पाँच सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा सात हजार नौ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एन्टिजेन परीक्षणमा एक हजार पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार देशभरका अस्पतालबाट एक हजार पाँच सय जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

शनिबार ९ जनाको मात्रै निधन भएको थियो भने एक हजार दुई सय ६८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ।

हाल मुलुकभर ३१ हजार दुई सय ४८ जना सक्रिय संक्रमित छन्। त्यसैगरी २९ हजार ८१ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा दुई हजार एक सय ६७ संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ। पाँच सय २३ जना आइसीयुमा र एक सय ६२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। साथै दुई सय ६६ जना क्वारेन्टाइनमा छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved