दशैंको मुखमा ह्वात्तै बढ्यो निजी सवारीको बिक्री

महँगा गाडीको माग पनि उस्तै

यस वर्ष भने महँगा गाडीको पनि माग उस्तै देखिएको व्यवसायीहरू बताउँछन्।

नेपालभ्युज

दशैंको मुखमा ह्वात्तै बढ्यो निजी सवारीको बिक्री

काठमाडौं । दशैं नजिकिँदै गएपछि नेपालमा निजी सवारीसाधनको बिक्री ह्वात्तै बढेको छ। बजारमा शोरुममा नयाँ गाडीबारे बुझ्न आउने र दसैंका लागि बुकिङ गर्नेको संख्या उकालो लागेको हो।

कोभिड-१९ को दोस्रो लहर शुरु भएसँगै गत वैशाख १६ गतेदेखि देशव्यापी बन्दाबन्दी भएको महीनापछि गत असारमामा बजार खुलेको थियो।

शोरुम खुले पनि करिब एक महीना सवारीसाधनबारे बुझ्न आउने ग्राहक नै नभएकोमा त्यसपछि बजारमा चाम देखिएको नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।

दशैं नजिकिन थालेपछि अहिले बजारमा सवारी बुकिङ गर्नेको संख्या ह्वात्तै बढेको जानकारी उनले दिए। ‘‘गत वर्षको ‘लकडाउन’पछि निजी गाडीको माग ह्वात्तै बढेको थियो,’’ उनले भने, ‘‘यस वर्ष गाडीको व्यापार अझैँ बढ्ने संकेत देखिएको छ।’’

कोभिडका कारण अघिल्लो वर्षयता निजी सवारीप्रतिको आकर्षण बढेको देखिन्छ। सार्वजनिक सवारीबाट संक्रमण फैलिने भयका कारण निजी सवारी किन्न चाहनेको संख्या बढेको नाडाका सचिव अनुप कुमार बराल बताउँछन्।

कोभिडले अन्य क्षेत्र प्रभावित भएको बेला अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा निजी गाडीको बिक्री बढेको देखिएको छ। भन्सार विभागकाअनुसार उक्त आवमा करिब १५ हजार वटा जीप, कार र भ्यान आयात भएकोमा ३ लाख ५४ हजार वटा मोटरसाइकल र स्कुटर आयात भएको थियो।

जबकि आव २०७६/७७ मा ११ हजार वटा जीप, कार र भ्यान तथा २ लाख ९ हजार वटा मोटरसाइकल र स्कुटरको आयात भएको थियो। यद्दपि अघिल्लो आवमा सार्वजनिक बसको व्यापार भने ८७ प्रतिशतले घटेको थियो। विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा २ हजार ८३ वटा बस आयात भएकोमा अघिल्लो आवमा जम्मा २७९ वटा मात्रै बस आयात भएको देखिन्छ।

व्यवसायीहरूका अनुसार अघिल्लो वर्ष महँगाभन्दा सस्ता सवारीको बिक्री उच्च रहेको थियो। अघिल्लो वर्ष सस्ता गाडीको बिक्री उच्च रहे पनि महँगा गाडीको बिक्री भने फितलो रह्याो। यस वर्ष भने महँगा गाडीको पनि माग उस्तै देखिएको व्यवसायीहरू बताउँछन्।

जीपको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक रमेश धनेखुले यस वर्ष उच्च मूल्यका गाडीको माग पनि बढेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved