पारा ओलम्पिकमा पदक जित्ने नेपालको आशा सकियो

नेपालभ्युज

पारा ओलम्पिकमा पदक जित्ने नेपालको आशा सकियो

काठमाडौं। टोकियो पारा ओलम्पिक २०२० मा नेपाल पदकविहीन बनेको छ।

पारा ओलम्पिक नेपालकी एक मात्र सहभागी खेलाडी पलेशा गोवर्द्धन तेक्वान्दोको कास्य पदकका लागि भएको रेपेचेज तर्फको फाइनल चरणमा पराजित भइन्।

कास्य पदकका लागि भएको रेपेचेजतर्फको फाइनल चरणमा गोवर्द्धनलाई चीनकी युजी ली १२-९ ले पराजित गरिन्। यो हारसँगै नेपालको जापानमा आयोजना भइरहेका पारा ओलम्पिक २०२० को प्रतिस्पर्धा सकिएको छ।

गोवर्द्धन ५८ केजी तौल समूहको के-४४ विधाको स्वर्ण पदक प्रतिस्पर्धामा पहिलो चरणमै पराजित भएकी थिइन। उनलाई बेलायतकी बेथ मुन्द्राले पलेशालाई २१-८ को नतिजामा हराएकी थिइन्। त्यसपछि पलेशाले कास्यका लागि रेपेचेजतर्फ क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेकी हुन्।

गोवर्द्धनले शुक्रबार भएको रेपेचेज तर्फको क्वाटरफाइनल खेलमा अमेरिकाकी ब्रायना सालनारोलाई १०-० ले पराजित गरेकी थिइन् भने सेमिफाइनलमा सर्भियाकी मारिया मिसेभलाई २३-१५ले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved