माधव नेपाललाई नेम्वाङको चुनौती : पार्टी फुटको औचित्य पुष्टि गर्न सक्नुस्

नेपालभ्युज

माधव नेपाललाई नेम्वाङको चुनौती : पार्टी फुटको औचित्य पुष्टि गर्न सक्नुस्
फाइल फाेटाे

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव कुमार नेपालले विधि र प्रक्रियाभन्दा बाहिर गएर सुटुक्क पार्टी दर्ता गरेको आरोप लगाएका छन्।

एमालेलाई फुटाएर विधि र प्रक्रियाभन्दा बाहिर गएर नेकपा (एकीकृत समाजवादी) बनाएका नेपालले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने नेम्वाङको दाबी छ। ललितपुरमा शुक्रबार एका कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटको औचित्य पुष्टि हुनै नसक्ने ठोकुवा गरे।

नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गर्न नयाँ पार्टी बनाएका नेपाललाई चूनौती दिए। उनले एमाले र एमालेभन्दा बाहिर रहेका नेताहरुले कार्यदलको सर्वसहमतिले १० बुँदे सहमतिका आधारमा एकता गर्नुपर्ने बताउँदै गर्दा पनि नेपालले पार्टी फुटाएको दाबी गरे।

नेम्वाङले सरकार बिस्तार हुँदा गठबन्धन दलहरु नै फुटको संघारमा पुग्न सक्ने देखिएकाले सरकार बिस्तार हुन नसकेको धारणा राखे। यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको समयमा चार दिनसम्म कुनै पार्टी नफुटेको भन्दै आफ्नो सरकारको बचाउ गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved