इङ्ल्याण्ड र जर्मनीको सहज जित

नेपालभ्युज

इङ्ल्याण्ड र जर्मनीको सहज जित

काठमाडौं। विश्वकप फुटबल छनोट खेलमा इङ्ल्याण्ड र जर्मनीले सहज जित हात पारेका छन्। युरोपियन छनोटको ग्रुप ‘आई’को खेलमा शतप्रतिशत जित निकाल्न इङ्ल्याण्डले हंगेरीलाई ४-० ले हरायो।

सबै गोल दोस्रो हाफमा गरेको इङ्ल्याण्डका लागि ह्यारी केन र स्टर्लिङले एक एक गोलको योगदान दिए। लगातार चौथो जितपछि ग्रुप ‘आई’मा इङ्ल्याण्ड चार खेलबाट १२ अंकसहित पहिलो स्थानमा छ।

अर्को खेलमा जर्मनीले लेइचटेइस्टनलाई २-० पराजित गर्‍यो। तर जितपछि पनि जर्मनी ग्रुप जेको अंक तालिकामा दास्रो स्थानमा मात्र छ। जर्मनीको चार खेलमा नौ अंक छ।

उता इटली भने बुलगेरियासँग १-१ गोलको बराबरीमा रोकियो। बराबरीका बाबजुद पनि इटली भने ग्रुप सीमा चार खेलबाट नौ अंक जोड्दै पहिलो स्थानमा कायमै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved