टोकियो पारा ओलम्पिक

तेक्वान्दो खेलाडी गोवर्द्धन पहिलो चरणमै पराजित

नेपालभ्युज

तेक्वान्दो खेलाडी गोवर्द्धन पहिलो चरणमै पराजित

काठमाडौं। जापानमा जारी टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्रै खेलाडी पलेशा गोवर्द्धन पहिलो चरणमै पराजित भएकी छन्।

तेक्वान्दो खेलाडी गोवर्द्धन पहिलो चरणमै पराजित भएकी हुन् । गोवर्द्धन पराजित भएसँगै पारा ओलम्पिक २०२० मा नेपालको स्वर्ण पदक जित्ने सम्भावना पनि सकिएको छ ।

गोवर्द्धनले अब कास्य पदकका लागि रेपेचेज तर्फ क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछिन्।

तेक्वान्दाको महिला तर्फको ५८ केजीको के-४४ विधाको प्रतिस्पर्धामा गोवर्द्धन बेलायतकी बेथ मुन्द्रोसँग पराजित भएकी हुन् ।

पहिलो चरणको खेलमै आफूभन्दा माथिल्लो वरीयताकी बलियो प्रतिस्पर्धीसँग उनको भेट भयो । बेथ मुन्द्रोले गोवर्द्धनलाई २१-८ को नतिजामा हराइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved