महेशलाई देउवाको चुनौती

‘मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्’

नेपाल भ्युज

‘मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्’
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर पुगेर पार्टीको वडा अधिवेशनको सुरुवात गरेका छन्। देउवाले सूर्यविनायक नगरपालिकाको ५ नम्बर वडा अधिवेशन सुरु गरेका हुन्।

वडा अधिवेशन उद्घाटन गर्दै देउवाले कांग्रेसले आगामी चुवानमा बलियो पकड बनाउने बताए। उनले अब स्थानीय तथा संसदीय चुनावमा कांग्रेसले राम्रो नतिजा ल्याउने दाबी गरे।

सम्बोधनका क्रममा देउवाले विपक्षीमाथि कटाक्ष पनि गरे। भक्तपुरका एमाले सांसद महेश बस्नेतले आफूलाई चुनावमा आउन चुनौती दिएको स्मरण गर्दै देउवाले जवाफ फर्काए।

देउवाले आगामी चुनावमा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई हराएर देखाउन भन्दै बस्नेतलाई काउन्टर दिए। भक्तपुरमा आफू आइरहनु नपर्ने भन्दै देउवाले थापालाई हराएर देखाउन बस्नेतलाई चुनौती दिएका हुन्।

यसअघि, एमाले नेता तथा सांसद बस्नेतले देउवालाई भक्तपुर आएर आफूसँग चुनाव लडेर देखाउन चुनौती दिएका थिए। बस्नेतले अबको चुनावमा कांग्रेस पत्तासाफ हुने भन्दै देउवालाई खुला चुनौती दिएका थिए।

बस्नेतकै निर्वाचन क्षेत्रमा गएर देउवाले चुनौती फर्काएका हुन्। देउवाले सहज रुपमा वडा अधिवेशन पूरा गर्नका लागि पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved