राष्ट्रिय टिमबाट नयाँ रेकर्ड बनाउँदै किरण

नेपालभ्युज

राष्ट्रिय टिमबाट नयाँ रेकर्ड बनाउँदै किरण
चेम्जाेङकाे फेसबुकबाट लिइएकाे तस्वीर।

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा नम्बर १ गोलरक्षक किरण चेम्जोङ नयाँ रेकर्ड तर्फ अघि बढेका छन्। राष्ट्रिय टिमबाट धेरै खेल खेल्नेमा किरणले नयाँ रेकर्ड बनाउन लागेका हुन्।

किरणले हिजो बिहीबार भएको भारत विरुद्धको मैत्रीपूर्ण खेलमा पूर्वकप्तान विराज महर्जनको कीर्तिमानसँग बराबरी गरेसँगै उनी नयाँ रेकर्डतर्फ अघि बढेका हुन्। किरण बिहीबार भारतविरुद्ध खेल्दै राष्ट्रिय टिमका लागि ७३ औँ खेल खेलेका हुन्।

यसअघि, विराज महर्जनले पनि नेपालका लागि ७३ खेल खेलेका छन्। विराजले थ्री नेसन्स कपको फाइनलका क्रममा राष्ट्रिय टिमका लागि ७३ खेल खेल्ने कीर्तिमान कायम गरेका थिए। विराजले सन्यास लिइसकेका छन्।

किरणसँग विराजलाई उछिन्दै नयाँ रेकर्ड बनाउने मौका छ। भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै उनले नयाँ कीर्तिमान बनाउने छन्। किरणले सन् २००८ एएफसी च्यालेञ्ज कप छनोटको खेलमार्फत नेपालका लागि डेब्यू गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved