ट्राफिक जरिवाना पनि ‘क्यूआर कोड’बाटै तिर्न सकिने

नेपालभ्युज

ट्राफिक जरिवाना पनि ‘क्यूआर कोड’बाटै तिर्न सकिने

काठमाडौँ। उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो।

अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो। महाशाखाले बिहीबार एक कार्यक्रमबीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो।

उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्माले बताए।

ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई प्रहरीले क्यूआर कोड भएको चिट काटेर दिनेछ। त्यही चिटका आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने शर्माले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved