भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

नेपाल भ्युज

भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भेरी अस्पतालमा उपचाररत दुई महिला संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-६ सल्यानकी ६६ वर्षीया महिला र गडवा गाउँपालिका-६ दाङकी ९५ वर्षीया वृद्धा रहेका उनले बताए। ६६ वर्षीया महिलाको गएराति मृत्यु भएको हो। उनलाई भदौ ६ गते अस्पतालमा भर्ना गरिएको उनले बताए।

यस्तै दाङकी ९५ वर्षीया वृद्धाको भने आज बिहान मृत्यु भएको हो। उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या चार सय पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved