एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

नेपालभ्युज

एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं । नेपालमा एक करोडभन्दा बढी जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १ सय ६४ जनाले खोप लगाइसकेका छन्।

जसअनुसार बुधबारसम्म १७ दशमलव नौ प्रतिशतले पहिलो मात्रा लगाए भने १५ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाएका छन्। यसमा पहिलो डोज ५४ लाख २४ हजार ८ सय ३६ जनाले र ६४ दाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप लगाएका हुन्।

सरकारले असोज अन्तिमसम्म एक तिहाइ जनतालाई खोप पुर्‍याउने लक्ष्य लिएको छ। नेपालमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जोनसनको खोप लगाइएको छ।

नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष अर्थात् गत माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved