सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुग्यो एमाले

नेपाल भ्युज

सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुग्यो एमाले
फाइल फाेटाे

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन अयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले सभामुख सापकोटा र आयोगविरुद्ध रिट दायर गरेको हो।

एमालेले संस्थागत निर्णयबाट कारबाही गरेका सांसदहरुको पद रिक्त भएको सूचना ननिकालेर सभामुख सापकोटाले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै रिट हालेको हो। सापकोटासँगै आयोगलाई पनि एमालेले रिटमा विपक्षी बनाएको छ।

यससँगै एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि रिट हालेको छ। लुम्बिनी प्रदेशमा सूर्य चिन्हबाट चुनाव जितेका विमला वली र अजय शाहीलाई गरेको कारबाही सदर नगरेको भन्दै सभामुख घर्तीविरुद्ध रिट हालेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत सर्वोच्चमा रिट हालेका हुन्। एमालेले रिट निवेदनमा पार्टीले कारबाही गरेका १४ सांसदलाई पनि विपक्षी बनाएको छ। उनीहरुले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved