नायिका करिश्माले शुरु गरिन् व्यवसाय

नेपालभ्युज

नायिका करिश्माले शुरु गरिन् व्यवसाय
आफ्नो व्यवसायबारे जानकारी दिँदै अभिनेतृ मानन्धर

काठमाडौं । अभिनेतृ करिश्मा मानन्धरले औपचारिक रुपमा घरेलु विद्युतीय सामग्रीको व्यवसाय शुरु गरेकी छन्। उनी नेतृत्वको रिसिक ट्रेडिङ कन्सर्नले इन्टेक्स ब्राण्डका सामग्री नेपाल भित्र्याएको हो।

मानन्धर सो कन्र्सनको नेपालका लागि म्यानेजिङ डाइरेक्टर हुन्। यो कम्पनीले मोबाइल, स्मार्ट टेलिभिजन, वासिङ मेसिन, हिटर, रेफ्रीजेरेटर, ग्यास चुलो, सिलिङ फेन, कम्प्युटरका मोनिटर सहितका विविध सामग्रीको बिक्री शुरु गरेको हो। “दशैं, तिहार आसपासमा अन्य धेरै प्रकारका होम अप्लाइन्सेस नेपाल भित्रिँदैछन्”, व्यवसाय शुभारम्भबारे जानकारी दिन आयोजित पत्रकार जमघटमा उनले भनिन्।

२५ वर्ष अघि स्थापना भएको इन्टेक्स ब्राण्डको उपस्थिति नेपालसहित विभिन्न ४० मुलुकमा विस्तार भएको छ। आठ वर्ष अघि यो कम्पनीको मोबाइल फोन नेपाली बजारमा भित्रिएको थियो। भारत, चीन, फिलिपिन्ससहित विभिन्न मुलुकमा चिनिएका इन्टेक्सका उत्पादन छिटै नेपालमा लोकप्रिय बन्ने मानन्धरको दाबी छ।

“बजारमा गुणस्तरीय सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो, मलाई विश्वास छ, इन्टेक्स ब्राण्ड छिटै लोकप्रिय हुनेछ”, उनले भनिन्। मानन्धरकै छोरी कविता कम्पनीको प्रबन्ध निर्देशक छिन्।

इन्टेक्सका ब्राण्डका सामानको वारेन्टी एकदेखि १० वर्ष रहेकाले गुणस्तरमा शंका गर्ने ठाउँ नरहेको सो कम्पनीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए। नेपालका अधिकांश भेगमा सर्भिस सेन्टर स्थापना भइसकेकाले बजार हिस्सा छिटै विस्तार हुने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved