आधा करोड सकियो, उस्तै छ निशाको अवस्था

नेपालभ्युज

आधा करोड सकियो, उस्तै छ निशाको अवस्था

काठमाडौं। उपचारमा आधा करोड रुपैयाँ खर्च भए पनि मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार आउन सकेको छैन। नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्य अवस्था सुधार नभएको अस्पतालले जनाएको छ।

नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले झण्डै तीन महिना अघि मोडल घिमिरेको उद्धार गरेकी थिइन्। लाखौँ खर्च गरेर महिनौँसम्म उपचार गर्दा पनि घिमिरेको स्वास्थ्यमा खासै सुधार नआएको अस्पतालले जनाएको हो।

अस्पतालले मंगलबार एक विज्ञप्तिमार्फत घिमिरेको स्वास्थ्यमा सुधार नभएको बताएको छ। अस्पताल ल्याएको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखिएको तर नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसक्दासमेत स्वास्थ्यमा सुधार नआएको बस्पतालले जनाएको छ।

हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरीले नै व्यक्तिगत रुपमा प्रायोजन गर्दै आएको र उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

घिमिरेको उपचार डा. पंकज जलान नेतृत्वको टिमले गरिरहेको छ। डा. जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको बताए। दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र अवस्था निकै जटिल रहेकाले सामान्य अवस्थामा फर्कने सम्भावना नदेखिएको उनले बताए।

घिमिरेको उपचारका लागि नर्भिकले अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको पनि प्रष्ट पारेको छ। अस्पतालका अनुसार उपचारका नाममा कोही कसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिए पनि उक्त विषयमा अस्पताल अनभिज्ञ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved