माधव समूहका सांसदले चार दिनमा होटल छाडे, बुधबार निर्वाचन आयोग जाने

एमालेले एकीकृत समाजवादीले सांसदहरूलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो। समाजवादीमा लागेका १० सांसदहरूले सोमबार साँझदेखि होटल छाडेका हुन्।

नेपालभ्युज

माधव समूहका सांसदले चार दिनमा होटल छाडे, बुधबार निर्वाचन आयोग जाने

विराटनगर। नेकपा एकीकृत समाजवादीले सांसदलाई होटलमा राखेर बन्धक बनाएको अरोप लागेपछि नेकपा समाजवादीमा खुलेका सांसदहरूले चार दिनमा होटल छाडेका छन्।

एमालेले एकीकृत समाजवादीले सांसदहरूलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो। समाजवादीमा लागेका १० सांसदहरूले सोमबार साँझदेखि होटल छाडेका हुन्। उनीहरू गत शुक्रबारबाट विराटनगरको ‘बिग होटल’मा बस्दै आएका थिए।

होटल छाडेसँगै उनीहरूले विराटनगर नै छाडेका छन्। त्यहाँ बस्दा बस्दा विभिन्न आरोप आएपछि होटल छाडिएको नेकपा (एस) का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए।

आफू इटहरीमा रहेको र केही अन्य केही सांसद धरानतिर गएका राइले बताए। “भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुन्छ। होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ”, राईले भने।

अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन्। राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन्।

मगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरू होटलमा बसेका थिए। प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक बिदा दिएपछि उनीहरू बुधबार मात्रै आयोगमा जाने भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved