काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा एकै परिवारका नौ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६ बालबालिका छन्। शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाएको छ।
हमलामा एकै परिवारका सर्वसाधरण मारिएको भन्दै अमेरिकाको विरोध भएको छ।
‘हामी आइएस होइनौं। अमेरिकी हमलामा सबै सदस्य गुमायौं,’ आक्रमणमा बाँचेका एक व्यक्तिले भने। आक्रमणमा मारिनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। विस्फोटपछि घरमा आगो लागेको थियो।
अमेरिकाले मंगलबारसम्म आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गरिसक्नु पर्नेछ। बिहीबार काबुल विमानस्थलमा आइएसले गरेको हमलामा १३ अमेरिकी सेनासहित १ सय ७० जनाको मृत्यु भएको थियो।
सो हमलापछि अमेरिकाले संदिग्ध स्थानमा आक्रमणकारीविरुद्ध आक्रमण शुरु गरेको छ।
Facebook Comment
Comment