मेस्सीको डेब्यू खेलमा पीएसजीको सहज जित

नेपालभ्युज

मेस्सीको डेब्यू खेलमा पीएसजीको सहज जित

काठमाडौं। अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनल मेस्सीले नयाँ क्लब पीएसजीबाट डेब्यू गरेका छन्। रेइम्स्सँगको खेलको ६६ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मेस्सीले पीएसजीबाट पहिलो खेल खेले।

पीएसजीबाट नयाँ ३० नम्बरको जर्सी लगाएर नेइमारको ठाउँमा मैदान छिर्दा समर्थकले ‘स्टाण्डिङ अभिएसन दिएका थिए।

२१ वर्ष स्पेनिस क्लब बार्सिलोनामा रहेका मेस्सी यसै सिजन पीएसजी गएका हुन्। लिगाके सुरुवाती ३ खेलमा मेस्सी टिममा थिएनन्।

पीएसजीले खेल २-० ले जित्दा दुवै गोल एम्बाप्पेले गरेका थिए। मेस्सी मैदान छिर्नु अगाडि नै १६ औं र ६३ औं मिनेटमा गोल गर्दै एम्बाप्पेले जित पक्का गरेका थिए।

पीएसजी सुरुवाती ४ खेल जित्दै १२ अंकसहित लिगको शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved