इङ्ल्याण्डसँग भारतको फराकिलो हार

कप्तान विराट कोहली ७ रनमा आउट

नेपालभ्युज

इङ्ल्याण्डसँग भारतको फराकिलो हार

ब्याटिङ पूरै धराशायी भएपछि इङ्ल्याण्डसँगको तेस्रो टेष्ट म्याचमा भारतले १ इनिङ्स र ७६ रनको फराकिलो हार बेहोरेको छ। यो जितसँगै इङ्ल्याण्डले ५ म्याचको शृंखला १–१ को बराबरीमा ल्याइपुर्‍याएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङमा मात्र ७८ रनमा समेटियो। भारतका लागि रोहित शर्माले सर्वाधिक १९ रन जोड्दा ९ ब्याटस्म्यानले दोहोरो अंका रन छुन सकेनन्।

२ वर्षदेखि शतकको खोजीमा रहेका कप्तान विराट कोहली ७ रनमा आउट भए।

यसपछि उत्कृष्ट ब्याटिङ गरेको इङ्ल्याण्डले पहिलो इनिङमा ४३२ रनको विशाल स्कोर खडा गर्‍यो। जसका लागि कप्तान जो रुटले शतकीय पारी खेले। उनले १२१ रन जोड्दा डेभिड मलानले ७० रन जोडे।

भारत पहिलो इनिङमा ३५४ रनले पछि पर्‍यो।

यसपछि कम्तीमा इनिङ्सको हार जोगाउन मैदानमा उत्रेको भारतले दोस्रो इनिङमा केही सुधारिएको ब्याटिङ देखायो। ओपनर रोहितले ५९ र चेतेश्वर पुजाराले ९१ रनको योगदान दिए।

तर २ विकेटको क्षतिमा २१५ रनमा चौथो दिनको खेल थालेको भारतलाई अलि रविन्सनले थला पारे। उनले ५ विकेट लिँदा भारत २७८ रनमा अलआउट भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved