मेस्सीले आज डेब्यू गर्दै

नेइमार, एम्बाप्पे र मेस्सी सँगै!

नेपालभ्युज

मेस्सीले आज डेब्यू गर्दै

काठमाडाैं । अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनल मेस्सीले आज आइतबार नयाँ क्लब पीएसजीबाट डेब्यू गर्दै छन्।

फ्रेन्च क्लब पीएसजीले रेइम्स्सँगको आफ्नो अवे खेलका लागि एम्बाप्पे र नेइमारसहित मेस्सीलाई पनि पहिलो पटक २२ सदस्यीय टिममा राखेको छ। सुरुवाती ३ खेलमा मेस्सी टिममा थिएनन्।

कम्तीमा वैकल्पिक खेलाडीको रुपमा आज मेस्सीको डेब्यू हुने सम्भावना छ। टिमका अर्का स्ट्राइकर माउरो इकार्डी घाइते रहेका कारण मेस्सीले सुरुवाति ११ मै रहेर डेब्यू पनि गर्न सक्छन्।

स्पानिस क्लब बार्सिलोनाबाट २१ वर्षीय करिअर सक्दै अप्रत्याशित रुपमा यसै सिजन मेस्सी पीएसजी गएका हुन्। करिब डेढ महिना अगाडि देशबाट कोपा अमेरिका जित्दा ३४ वर्षीय मेस्सील अन्तिम खेल खेलेका थिए।

पीएसजी सुरुवाती ३ खेल जित्दै लिगको शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved