ओल्ड ट्राफोर्डमै फर्किए क्रिस्टियानो रोनाल्डो

नेपालभ्युज

ओल्ड ट्राफोर्डमै फर्किए क्रिस्टियानो रोनाल्डो

एजेन्सी। इटालियन सिरी ए क्लब युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किएका छन्। सन् २००९ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका रोनाल्डो यस सिजनदेखि फेरि युनाइटेडमै फर्किएका हुन्।

सिरी ए को नयाँ सिजना शुरु भएसँगै रोनाल्डोले क्बल छाड्ने हल्ला सुरु भएको थियो। उनलाई भित्र्याउनका लागि म्यानचेस्टर सिटीले चासो देखाइरहेको अवस्थामा युनाइटेडले बाजी मारेको हो। युनाइटेडले रोनाल्डोलाई २ वर्षका लागि अनुबन्ध गरेको बताएको छ।

यसअघि, सन् २००३ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट ओल्ड ट्राफोर्ड आएका रोनाल्डो सन् २००९ सम्म युनाइटेडमै रहेका थिए। उक्त अवधिमा रोनाल्डोले युनाइटेडका लागि १९६ खेलमा ८४ गोल गरेका थिए।

सन् २००९ मा रोनाल्डोले स्पेनिस ला लिगामा डेब्यू गरेका थिए। उनले ला लिगाको सर्वाधिक सफल क्लब रियल मड्रिडमा ९ सिजन बिताए। सन् २०१८ मा युभेन्टस जानुअघि रोनाल्डोले रियलका लागि २९२ खेलमा ३११ गोल गरेका थिए।

रोनाल्डो ३१ मिलियन पाउन्डमा २ वर्षका लागि पूर्वक्लब युनाइटेडसँग अनुबन्धित भएका हुन्। रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको पुष्टि गर्दै युनाइटेडले ट्वीट गरेको छ, ‘वेलकम होम रोनाल्डो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved