यी हुन् एकीकृत समाजवादी हाँक्ने ‘कोर लिडर’

नेपालभ्युज

यी हुन् एकीकृत समाजवादी हाँक्ने ‘कोर लिडर’

काठमाडौं। नेकपा एमालेबाट फुटेर नयाँ बनेको दल नेकपा (एकीकृत समाजवादी)ले पार्टी हाई कमाण्ड बनाएको छ। केन्द्रीय कमिटीमा पदाधिकारी चयन नभएसम्मका लागि समाजवादीले हाई कमाण्ड बनाएको छ।

शुक्रबार बनेको हाई कमाण्डमा नेकपा एमालेमा छँदा स्थायी समितिमा रहेका नेताहरुलाई समेटिएको छ। ५ सदस्यीय हाई कमाण्डमा अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र मुकुन्द न्यौपानेसहित प्रमोश हमाललाई समेटिएको छ।

हमालबाहेकका चार जना नेकपा एमालेमा रहँदा पनि स्थायी समितिमा रहेका थिए। एकीकृत समाजवादी पार्टीले राष्ट्रिय भेला आयोजना गर्ने तथा राष्ट्रिय परिषद् मार्फत पार्टीको केन्द्रीय कमिटीमा १७ पदाधिकारीसहित पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्ने बताएको छ।

समाजवादीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ। पार्टीबाट सरकारमा पाउने मन्त्रालय टुङ्गो लागेपछि सरकारमा जाने मन्त्रीहरुको नामका विषयमा निर्णय गर्ने पार्टीको तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved