२३३७ जनाले कोरोना जित्दा थपिए २०६५ जना संक्रमित

नेपालभ्युज

२३३७ जनाले कोरोना जित्दा थपिए २०६५ जना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यही अवधिमा २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन्।

जसअनुसार देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ११७ जनामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण १० हजार ६६३ जनाले मृत्युवरण गरेका मन्त्रालयले जनाएको छ। हाल नेपालमा ३७ हजार ५९९ जना सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved