अमेरिकाको चेतावनी : काबुलमा फेरि बम हमला हुनसक्छ

नेपालभ्युज

अमेरिकाको चेतावनी : काबुलमा फेरि बम हमला हुनसक्छ

एजेन्सी। अमेरिकाले तालिबानको कब्जामा रहेको अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोटको सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको छ। अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिक र सैनिकलाई सतर्क रहन भनेको हो।

अमेरिकन मिडियाका अनुसार काबुल विमानस्थलको उत्तरी गेटमा कारबम विस्फोट गराइने सम्भावना रहेको देखिएको हो। गुप्तचर एजेन्सीमार्फत बम विस्फोटको सम्भावना थाहा लागेपछि अमेरिकाले अफगानमा रहेका आफ्ना नागरिक र सैनिकलाई सतर्क रहन आग्रह गरेको छ।

यसअघि, बिहीबार साँझ काबुलको हमिद कारजाई विमानस्थलनजिकै दुई स्थानमा बम विस्फोट हुँदा ८० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। उक्त विस्फोटमा परी २ सयभन्दा बढी घाइते भएका छन्।

विमानस्थलमा भएको विस्फोटमा परेर १३ जना अमेरिकी सैनिकको पनि ज्यान गएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी सबैका बीच अमेरिकाले आज फेरि चाँडै अर्काे बम हमला हुने खतरा देखिएको भन्दै सतर्क गराएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved