काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगको विरुद्धमा अदालत जाने निर्णय गरेको छ। पार्टीले कारबाही गरेका व्यक्तिलाई दल फुटाउन सहज हुने वातावरण बनाएको भन्दै एमालेले अदालत जाने निर्णय गरेको हो।
पार्टीको निर्णयबाट कारबाहीमा परेका १४ जान सांसदलाई एमाले फुटाउनका लागि भएको प्रक्रियामा सामेल गराएको भन्दै एमालेले सभामुख सापकोटा र आयोग विरुद्ध अदालत जाने निर्णय गरेको हो।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गराउने प्रक्रिया रोकेको भन्दै सभामुख सापकोटा र कारबाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो।
एमाले बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा रहेको एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए।
Facebook Comment
Comment