पार्टीकाे रणनीति तय गर्न बबरमहलमा लाेसपाकाे पहिलाे बैठक

नेपालभ्युज

पार्टीकाे रणनीति तय गर्न बबरमहलमा लाेसपाकाे पहिलाे बैठक
फाइल तस्वीर

काठमाडौं । निर्वाचन आयोगबाट दल दर्ता भएको भोलिपल्ट अर्थात बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारणी समिति बैठक बसेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा नयाँ दल बनेपछि कसरी अगाडि बढ्ने भन्ने रणनिती तय गर्न बैठक बसेको हो ।

जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा हिजो बुधबार मात्रै लोसपा नेपाल दल दर्ता भएको हो । लोसपाको कार्यकारिणी समिति सदस्यमा अहिले ३१ जना छन् ।

कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बैठकमा पार्टीले राष्टिय राजनीतिको सन्दर्भमा लिने रणनीतिदेखि संगठन र प्रदेश दुुईमा कसरी अगाडि बढ्ने भन्नेमा अहिले छलफल शुुरु भएको छ ।

यसअघि, जसपा अध्यक्ष उपेन्द्र यादवसँग मतभेद बढेपछि प्रदेश दुुईको सरकारबाट यो पक्षका नेताहरु बाहिरिएका थिए । अहिले केन्द्र तथा प्रदेशमा लोसपा सरकारविहीन अवस्थामा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved