लोसपामा १५ सांसदको हस्ताक्षर, को को छन् महन्थ टिममा ?

नेपालभ्युज

लोसपामा १५ सांसदको हस्ताक्षर, को को छन् महन्थ टिममा ?

काठमाडौं। जनता समाजवादी पार्टीबाट अलग्गिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज दल दर्ताका लागि निर्वाचन आयोगसमक्ष दिएको निवेदनमा १५ जना सांसदले हस्ताक्षर गरेका छन्।

जसमा रेशम चौधरी संसलाई रूपमा सनाखत गरिएको छैन।

यद्यपि उनको कार्यकारणी सदस्यको रुपमा सनाखत भएको छ। टीकापुर घटनामा सजाय नै पाइसके पछि चौधरी निलम्बनमा परेकाले उनको संसद पदको मान्यता आयोगले दिएको छैन।

आज निर्वाचन आयोगमा गरिएको सनाखतमा लोसपामा १७ जना कार्यकारणी समिति सदस्यहरूले सनाखत गरेका उक्त पार्टीका नेता केशव झाले बताए।

राजनीतिक दल विभाजनका लागि सरकारले अध्यादेश जारी गरेसँगै टुक्रिएको यो दल गठनमा महन्थ नेतृत्वमा १३ प्रतिनिधिसभाका सांसदसहित १४ जनाले साथ दिएका छन। जसमा एक जना राष्ट्रियस सभा सदस्य पनि छन्।

दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश सरकारले ल्याएपछि यो दल गठन भएको हो। महन्थ पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।

जसअनुसार पार्टी सनाखतका लागि आयोगले आज उनीहरूलाई बोलाएको हो। महन्थ पक्षको सनाखतमा कार्यकारिणीतर्फ ३३ प्रतिशत र संघीय संसदतर्फ करिब ३८ प्रतिश सांसद समावेश छन्।

को को छन् महन्थ टिममा सासदहरू ?

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया , एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved