भारतमा १ सय ६५ दिनयताकै कम संक्रमण

नेपालभ्युज

भारतमा १ सय ६५ दिनयताकै कम संक्रमण

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ संक्रमित थपिएका हुन्।

यसैसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड २४ लाख ७४ हजार ७७३ जना पुगेको छ। पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितको संख्या ३० हजारदेखि ४० हजारको बीचमा रहँदै आएकोमा अहिले २५ हजारको हाराहारीमा झरेको मंगलबार जनाएको छ।

दैनिक संक्रमितको संख्या कम भएपछि भारतमा महामारी नियन्त्रण उन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन्।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनामुक्त संख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीले जनाएका छन्। यो संख्या १५६ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३५ हजार ११० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। तीमध्ये पछिल्लो २४ घण्टामा ३५४ जनाको मृत्यु भएको हो।

कोरोना परीक्षण पनि तीव्र रुपमा भइरहेको छ। पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ। योसँगै अहिलेसम्म कुल ५० करोड ९३ लाखभन्दा बढीको परीक्षण भएको छ।

त्यसैगरी भारतमा अहिलेसम्म कुल ६३ करोड ८५ लाख भन्दा बढी डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved