अष्टलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नुभएको हो : माधव नेपाल

नेपाल भ्युज

अष्टलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नुभएको हो : माधव नेपाल

काठमाडाैं। माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्यलाई आफ्नै सहमतिमा मुख्यमन्त्री बनाइएको बताएका छन्।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपालले तर अब शाक्यले एउटा दल रोज्नुपर्ने अवस्था आएको पनि बताए।

आफूले बागमती प्रदेशमा शाक्यलाई मुख्यमन्त्री बनाएको नेपालले दाबी गरे पनि शाक्य भने नेपाल पक्षतिर खुलेकी छैनन्। बरु हिजो बालकोटमा भएको नेकपा एमाले स्थायी कमिटी सदस्यहरूको भेलामा सहभागी भएकी शाक्यले आफूले एमाले छाड्न नसिकने बताएकी थिइन्।

मंगलबार चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘उहाँ (अष्टलक्ष्मी)ले सहमति लिनुभएकै हो। तर उहाँ अप्ठ्यारोमा हुनुहुन्छ।’

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ। अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved