पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय

नेपालभ्युज

पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय
फाइल तस्बिर

इन्डोनेसिया । इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ। कोरोना संक्रमणका वेला विपन्न परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै उनलाई जेल सजाय तोकिएको हो।

जकार्ता अदालतले पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई दोषी प्रमाणित गर्ने पर्याप्त प्रमाण र आधार रहेको जनाएको छ। अनियमितताको आशंका र आरोपपछि स्थलगत निरीक्षण गर्दा उनले अनियमितता गरेको भेटिएको थियो । बटुबारा गत डिसेम्बरमा पक्राउ परेका थिए।

उनलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डल रबराबर जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने प्रतिक्रिया दिएका छन्। इन्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रूपमा रहेकाले धेरै राजनीतिक नेता अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved