राजनीति भेटघाटमा व्यस्त भाजपाका विदेश विभाग प्रमुख

नेपालभ्युज

राजनीति भेटघाटमा व्यस्त भाजपाका विदेश विभाग प्रमुख

काठमाडाैं । आइतबार साँझ काठमाडौं आइपुगेको भारतको सतारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले राजनीति भेटघाट गरिरहेका छन्। आइतबारै साँझ उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। उनी सोमबार बिहानै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका थिए।

नेपाली कांग्रेसको निमन्त्रणमा काठमाडौं आइपुगेका उनले सोमबार दिउँसो लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन्। चौथाइवालेले काठमाडौंमा रहँदा माओवादी केन्द्रसहित अन्य दलका नेतासँग पनि भेट्ने कार्यक्रम छ।

राष्टिय हिन्दु स्वयंसेवक संघको कार्यक्रममा समेत सहभागी हुने गरी काठमाडौं आएका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै निकट मानिन्छन्। उनी यसअघि गत मंसिरमा पनि काठमाडौं आएर राजनीतिक भेटघाट गरी फर्किएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved