जसपा कार्यकारणी समिति बैठक, संगठन बनाउनेबारे छलफल

नेपालभ्युज

जसपा कार्यकारणी समिति बैठक, संगठन बनाउनेबारे छलफल

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) को कार्यकारणी समिति बैठक पार्टी कार्यलय बालकुमारीमा बसिरहेको छ।

दिउँसो २ बजे सुुरु भएको बैठकमा पार्टी फुटेपछिको नेताहरूको जिम्मेवारी र अन्य संगठन सम्बन्धमा छलफल भइरहेको नेता मोहम्मद इस्तियाक राईनले बताए। वर्तमान सता गठबन्धन बन्ने क्रममा पार्टी नै फुटेपछि जसपा नयाँ ढंगले संगठन बनाउन लागिपरेको छ।

महन्थ ठाकुर पक्षले अलग्गै पार्टी बनाएपछि उपेन्द्र यादव जसपाको एकल अध्यक्ष बनेका छन्।

अघिल्लो हप्ता मात्रै बसेको केन्द्रीय समिति बैठकले पार्टी संगठनको कामका लागि सात वटै प्रदेशमा प्रशिक्षण अभियान चलाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार नै कसरी सातै प्रदेशमा पार्टी संगठनको काम गर्ने भनी कार्यकारणी समिति बैठकले विस्तृत योजना बनाउने बताइएको छ।

केन्द्रीय समिति बैठकले सरकारमा पनि सम्मानजनक सहभागी हुने निर्णय गरे पनि नेताहरूले कार्यकारणी समिति बैठकमा यसबारे भने छलफल नहुने बताएका छन्। केही समयअघिको कार्यकारणी बैठकले शीर्ष नेताहरूलाई सरकारमा जानेबारे अन्तिम निर्णय लिन अधिकार दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved