आफू एमालेमै रहेको वामदेव गाैतमको प्रस्टीकरण

नेपालभ्युज

आफू एमालेमै रहेको वामदेव गाैतमको प्रस्टीकरण
फाइल तस्वीर

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा (एमाले)मा नै रहेको स्पष्ट पारेका छन्।

नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीसँग जोडेर सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यान आकृष्ट भएको भन्दै गौतमको सचिवालयले ती समाचारहरूको खण्डन गरेको हो।

गौतमको सचिवालयले भनेको छ -आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन।’

यस्तै‚ नेकपा (एकीकृत समाजवादी) पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा आपत्ति जनाएको छ।

गाैतम यसअघि पनि पार्टी विवाद मिलाउन भन्दै तटस्थ देखिँदै आएका छन्। नेकपा एमालेमा उनी रहने पक्ष बलियो हुने भएकाले अध्यक्ष केपी ओली र माधव नेपाल समूहले यसअघि पनि उनी आफ्नो पक्षमा रहेका दाबी गर्दै आइरहेका छन्। तर गाैतमको सचिवालयले दिएको यो प्रस्टीकरणले उनी संस्थापन पक्षमै रहने प्रस्ट भएको छ।

अहिले भइरहेको सबैखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको पनि सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved