पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, सांगठनिक कार्य विभाजन हुने

नेपालभ्युज

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, सांगठनिक कार्य विभाजन हुने

काठमाडौं। प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो।

बिहान ११ बजेदेखि जारी बैठकमा पार्टी विभिन्न कमिटीमा रहेका नेताहरुको कार्य विभाजन गरिने बताइएको छ। पार्टीको आसन्न राष्ट्रिय सम्मेलन र नेताहरुको कार्य विभाजनलाई मुख्य एजेन्डा बनाएर बैठक जारी रहेको बताइएको छ।

माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

सोही सम्मेलनको तयारी र नेताहरुको कार्य विभाजनका विषयमा छलफल गरेर निर्णय गर्नका लागि आजको बैठक बसिरहेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved