दल दर्ताका लागि आयोगसमक्ष नेपाल पक्षको निवेदन, नेकपा (एकीकृत समाजवादी) प्रस्ताव

नेपालभ्युज

दल दर्ताका लागि आयोगसमक्ष नेपाल पक्षको निवेदन, नेकपा (एकीकृत समाजवादी) प्रस्ताव

काठमाडाैं ।  नेकपा एमालेबाट अलग्गिएको माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगसमक्ष नयाँ दल दर्ताका लागि निवेदन दिएको छ।

नेता राजेन्द्र पाण्डेले नयाँ नामसहित निर्वाचन आयोगमा पत्र दर्ता गराएका हुन्। उनका अनुसार पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरिएको छ। आयोगले दर्ता प्रमाण पत्र दिँदा चुनाव चिह्न टुंगो लाग्ने उनले बताए। आयोगले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दर्ता गर्न नमिल्ने बताइसकेको छ। जसले गर्दा पनि नेपाल समूहले पार्टीको नाममा ‘एमाले’ राख्न पाउन सक्ने छैन।

यसअघि दर्ता भइसकेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनी बाधा आइपरेको भन्दै आयोगले अर्को नाम खोज्न भनेको थियो।

यसअघि नेपाल समूहले आयोगसमक्ष नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न ‘खुला किताब’को माग गरेको थियो। जुन अन्य दलसँग मिल्लोजुल्दो भएको भन्दै आयोगले नयाँ नाम र चिह्नसहित आउन भनेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved