महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी

नेपालभ्युज

महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी

काठमाडाैं । जनता समाजवादी पार्टीबाट अलग्गिएको महन्थ ठाकुर नेतृत्वले पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी’ राखेको छ। ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको हो। केन्द्रीय सदस्य वा संसदीय समितिको २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश सरकारले ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

निर्वाचन आयोगले भने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दर्ता गर्न नमिल्ने बताएको थियो।

हाल कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको छ। साथै शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ। यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved