सफलता प्राप्तिका लागि यसरी पढौँ !

नेपालभ्युज

सफलता प्राप्तिका लागि यसरी पढौँ !
सांकेतिक तस्बिर

काठमाडौं । एक प्रभावकारी विद्यार्थी बन्न त्यति कठिन छैन । पढाइप्रतिको मोह, लगन र अध्ययनले प्रभावि विद्यार्थी बन्न सकिन्छ । तर, न्यूनतम प्रयासले स्कूलमा पढेर नै प्रभावि विद्यार्थी बन्न सक्षम हुन्छन् भन्नु एक भ्रम मात्र हो । एक वा दुई दिनको पढाइ सामान्यतया सन्तोषजनक ग्रेड ल्याउनका लागी पर्याप्त छ । तर, प्रभावि विद्यार्थी बन्नका लागि मेहनत गर्नुपर्ने हुन्छ ।

सफल विद्यार्थी बन्न चाहने व्यक्ति हतोत्साहित भएर हार मान्नुहुँदैन । सफल र प्रभावि विद्यार्थी बन्नका लागि केही बानीहरु विकास गरे राम्रो ग्रेड ल्याउनुका साथै ज्ञान पनि वृद्धि हुन्छ । जसका कारण व्यक्तिको क्षमता र आत्मविश्वास पनि बलियो हुन्छ । प्रभावि अध्ययन बानी बसाल्नका लागि केही उपाय अपनाउन सकिन्छ ।

अध्ययन गर्ने योजना बनाउने
सफल विद्यार्थीहरु हप्ताभरको लागि पढ्ने समय तालिका बनाउँछन् । सोही तालिकाअनुसार आफ्नो दिनचर्या बिताउँछन् ।

एकै समयमा अध्ययन गर्ने बानीको विकास गर्ने
हरेक दिन एकै समयमा अध्ययन गर्नु उपयुक्त हुन्छ । त्यसैले दैनिक एकै समयमा अध्ययन गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ । प्रत्येक दिन एकै समयमा अध्ययन गर्ने बानी जीवनको एक नियमित हिस्सा बन्न सक्छ ।

प्रत्येक अध्ययन समयमा एक विशिष्ट लक्ष्य तय गर्ने
दिशाबिना अध्ययन प्रभावकारी हुन सक्दैन । हरेक व्यक्तिले अध्ययन सुरु गर्नुभन्दा पहिले लक्ष्य तय गर्नुपर्छ । यसले शब्दावलीलाई याद गर्नको लागि मद्धत गर्छ ।

अध्ययन योजना अवधिभन्दा ढिलाइ नगर्ने
सफल विद्यार्थीहरु पढाइमा ढिलाइ गर्दैनन् । अध्ययन योजनाभन्दा ढिला गरे पढाइ कम प्रभावकारी हुन्छ । ढिलाइ भए हतार बढ्छ , हतार गरे त्रुटिहरु धेरै हुने गर्छ ।

सबैभन्दा पहिले कठिन विषय अध्धयन गर्न शुरू गर्ने
गाह्रो असाइनमेन्ट वा विषयमा सबैभन्दा धेरै प्रयास र मानसिक उर्जाको आवश्यकता पर्छ । एकपटक सबैभन्दा कठिन काम पूरा गरेपछि अन्य काम गर्न सजिलो हुन्छ । सबैभन्दा गाह्रो विषयबाट शुरू गरिएको अध्ययन शैक्षिक प्रदर्शनमा प्रभावकारी हुन्छ ।

असाइनमेन्ट शुरू गर्नु अघि नोट हेर्ने
एक विशेष कार्य शुरू गर्नुभन्दा पहिले कसरी सही तरिकाले गर्ने भन्ने सुनिश्चित गर्न नोटहरुको साहायता लिन सकिन्छ । प्रत्येक अध्ययन सत्रभन्दा पहिले आफूसँग भएको नोटको समीक्षा गर्नुपर्ने हुन्छ । असाइनमेन्ट शुरू गर्नु अघि सिकेका महत्वपूर्ण विषयवस्तुको याद गर्नाले असाइनमेन्ट प्रभावकारी हुन्छ ।

अध्ययनको समयमा विचलित नहुने
धेरैजसो व्यक्ति अध्ययनको समयमा विचलित हुन्छन् । पढ्दा विचलित हुनु भनेको ध्यान केन्द्रित गर्न असमर्थ हुनु हो । यो अध्ययनको लागि अप्रभावी हुनेछ । पढाइ सुरु गर्नु अघि शान्त ठाउँमा बसे व्याकुल वा विचलित हुनबाट रोक्न सकिन्छ ।

प्रभावकारी ढंगले सामूहिक अध्ययन गर्ने
सामूहिक अध्ययनले समूहमा काम गर्नका लागि सक्षम बनाउँछ । सामूहिक अध्ययनले साथीको ज्ञान पाउन सकिन्छ, जसबाट विद्यार्थीले सहजै जानकारी पाउन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved