दाहोरिँदैछ मध्यमदेखि भारी वर्षा

नेपालभ्युज

दाहोरिँदैछ मध्यमदेखि भारी वर्षा
सांकेतिक तस्बिर

काठमाडौं । वर्षा सक्रिय गराउने न्यून चापिय रेखा (मनसुन ट्रफ) को प्रभावले मुलुकभरको मौसम प्रभावित बनेको छ । बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापिय प्रणाली रहेकाले मुलुकका अधिकांश भेगमा मध्यमदेखि भारी वर्षा शुरु भएको छ ।
बुधबारदेखि सुरु भएको यस्तो प्रभाव शनिबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको महाशाखाका
पृथ्वीको सतह भन्दा १२ देखि १८ किलोमिटर माथिको वायुमण्डलमा विकसित हुने न्यून चापिय रेखाले मनसुनी गतिविधि प्रभावित बन्ने गर्छ ।

अन्यत्रको तुलनामा प्रदेश १ मा शनिबारसम्म मौसमी प्रभाव जारी रहने महाशाखाको ठहर छ ।
बिहीबार प्रदेश १, प्रदेश २, गण्डकी र सूदुरपश्चिम प्रदेशमा मौसमी प्रभाव रहने महाशाखाले विशेष वुलेटिन मार्फत जनाएको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षा हुने बताइएको छ । भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सर्तक रहन आग्रह गरेको छ ।

मनसुनको समयमा बंगालको खाडी र पश्चिमी वायुको प्रभावले वायुमण्डलमा विकसित हुने मौसमी प्रणालीलाई न्यून चापिय रेखा वा क्षेत्र भनेर बुझ्ने गरिन्छ । मनसुन अवधिभर भारतको नयाँ दिल्ली, भारतको गंगा नदी र यसका सहायक नदी भू(भागको ‘इन्डोङ्गेटिभ प्लेन’, बंगालको खाडी र आसपासका भेगमा बढी जसो न्यून चापिय रेखा विकसित हुने भएकाले नेपालको मौसम प्रभावित हुने मौसमविद्हरुको ठहर छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved