अफगानिस्तानमा रहेका नेपालीलाई तुरून्तै उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालभ्युज

अफगानिस्तानमा रहेका नेपालीलाई तुरून्तै उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्ने निर्णय गरेको हो ।

तालिबानले ३१ साउनमा अफगानिस्तान कब्जा गरेसँगै त्यहाँको स्थिति बिग्रँदै गएको छ। सोही स्थितिलाई सम्बोधन गर्दै नेपाल सरकारले उद्धार गर्ने  घोषणा गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालीलाई शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्ने गर्ने निर्णय गरेको जानकारी दिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान मात्र ट्वीट गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको प्रवन्ध मिलाउन निर्देशन दिएको जानकारी गराएका थिए । उनले सोमबार ट्वीट गर्दै त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved