काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध बनाउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत...