काठमाडौं। काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । बुधबार बिहान महानगरको टोलीले काठमाडौंको वसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको छ । सो क्षेत्रमा नक्सापासविपरीत बनाइएका घर-टहरा र सडक मिचेर बनाइएका कम्पाउन्ड पनि भत्काइएको छ...