हङकङले पुँजिवादको उच्चतम अभ्यास गरिरहेको थियो। यहाँ एशियाका ठूला बैंक तथा कम्पनीहरु थिए। यो एशियाको व्यापारीक हब समेत बनिसकेको थियो। कम्युनिष्ट सरकारको जिम्मामा छाड्नुअघि त्यहाँका नागरिकको मानवअधिकारको रक्षा र खन्याइएको लगानीको सुरक्षाका विषयमा बेलायतले सुनिश्चितता खोजिरहेको थियो।