काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ । उक्त विधेयक संघीय संसद्को दुवै सदनबाट पारित गरी पठाइएको थियो ।