काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र भारत तथा नेपालका विभिन्न स्थानबाट आएका साधुसन्तहरुले भरिन थालेको छ । महाशिवरात्रिमा बर्सेनी साधुसन्तहरू भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ आउने गर्दछन् । यो वर्ष भने विगतका वर्षभन्दा केही कम साधुसन्त पशुपति आएका छन्...