अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको समन्वयमा पोखरामा विशेष योग शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको स्थानीय व्यवस्थापन र योग तथा पर्यटन सम्बद्ध विभिन्न संस्थाहरूको सहकार्यमा बुधबार बिहान पोखरा रङ्गशालामा विशेष योग शिविर आयोजना गरिएको हो।