काठमाडौं । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापालाई तोकिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेका हुन्। यसअघि आर्थिक मामिलामन्त्री सीता सुन्दासलाई प्रवक्ता बनाइएको थियो।