नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद झिकेर चक्रब्यूहमा फसाउन खोजेको जिकिर गरेका छन्। चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चक्रब्यूहबाट आफूलाई उम्काउन घण्टीमा भोट हाल्न अनुरोध गरे।