सर्लाही।सर्लाहीको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा बुधवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । गाउँको भित्री सडक खण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो ।...