काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका-२ कोबाङमा हिमपहिरोबाट थुनिएको खोला बग्न थालेको छ । बोक्से खोलामा हिउँका ढिक्कासहितको पानी बगिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । थसाङ–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको थियो । त्यहाँ मानवबस्ती छैन ।...